PahiloPost

May 15, 2025 | २ जेठ २०८२

शुल्क तिर्न नसकेर परीक्षाबाट बञ्चित ३ दलित विद्यार्थीलाई प्रदेश २ सरकारको दश लाख



राधेश्याम पटेल

शुल्क तिर्न नसकेर परीक्षाबाट बञ्चित ३ दलित विद्यार्थीलाई प्रदेश २ सरकारको दश लाख

वीरगंज: प्रदेश न. २ सरकारले दलित समुदायबाट एमबिबिएस पढ्दै गरेका ३ जनालाई सहयोग गरेको छ। प्रदेश सरकारले सप्तरी छिन्नमस्ता गाउँपालिका- ९ का दिनेश मरिक, सर्लाही ईश्वरपुर नगरपालिका - १ का रुकेश राम र प्रमोद रामलाई दश लाख सहयोग रकम प्रदान गरेको हो।

मुखमन्त्री कर्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री लालाबाबु राउतले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दीपक यादवले बताए।

विश्वविद्यालय अनुदान आयोगबाट छात्रवृति पाएर तीनै जना वीरगंजस्थित नेसनल मेडिकल कलेजमा एमबिबिएस अध्ययन गरिरहेका छन्। दिनेश प्रथम वर्षमा छन् भने रुकेश र प्रमोद दोस्रो वर्षमा पढदै छन्। दलित छात्रवृतिमा अध्ययन गर्ने विद्यार्थीले वर्षमा ४ लाख ६८ हजार रुपैयाँ शुल्क बुझाउनु पर्ने नियम छ। सोही नियमअनुसार कलेजले शुल्क नबुझाएको भन्दै गत मंसिर ३ गते देखि २६ गतेसम्म चल्ने ३ वटा लिखित र ६ वटा प्रयोगात्मक परीक्षामा सहभागी गराएको छैन। 

शुल्क नबुझाएपछि परीक्षाबाट बञ्चित भएको समाचार सञ्चार माध्यममा आएपछि प्रदेश सरकारले दलित विद्यार्थीहरुको उच्च शिक्षाको लागि आर्थिक सहयोग गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell