PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

प्रधानमन्त्री ओली पुगे अस्पताल, कस्तो छ स्वास्थ्य अवस्था?



सागर बुढाथोकी

प्रधानमन्त्री ओली पुगे अस्पताल, कस्तो छ स्वास्थ्य अवस्था?
फाइल फोटो

काठमाडौं: नियमित स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री केपी शर्मा ओली महाराजञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलत एन्ड ट्रान्स्प्लान्ट सेन्टरमा पुगेका छन्। नियमित फलोअप र इसिजी चेक गर्न बालुवाटारमा सम्भव नभएपछि अस्पताल लगिएको प्रधानमन्त्रीको निजी चिकित्सक डाक्टर दिव्या सिंहले बताइन्। 

भनिन्, 'साढे तीन बजे अस्पताल पुगेर इसिजी चेक गरेर उहाँ फर्किसक्नु भएको छ। स्वास्थ्यमा समस्या आएर अस्पताल लगिएको हैन।'

यसअघि पनि प्रधानमन्त्री ओली छातीमा संक्रमण भएका कारण पाँच दिन अस्पताल बसेका थिए। मिर्गौलाका बिरामीहरुलाई संक्रमणले छिट्टै छुने भएकाले नियमित स्वास्थ्य जाँच गरिरहनुपर्छ। सोही क्रममा ओली छाती जाँचका लागि अस्पताल पुगेका हुन्। 

एक महिनाअघि ५ दिन अस्पताल बसेका प्रम ओली त्यसयता स्वास्थ्यमा ध्यान दिन थालेको समेत सिंहले बताइन्। भनिन्, 'अहिले उहाँ धेरै कुरामा केयर गर्ने हुनु भएको छ। कार्यक्रमको महत्व हेरेर मात्र जाने र भेटघाट नि कम गर्नुहुन्छ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell