
काठमाडौँ : नेपाली ब्याडमिन्टन खेलाडी रत्नजित तामाङले बंगलादेशमा मंगलबारबाट सुरु भएको योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८ मा दोस्रो चरणमा प्रवेश गरेका छन्।
पुरुष एकलतर्फ रत्नजितले भारतका अङकुर साङपाङ राईलाई २१–११, २५–२३ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेका हुन। उनले अब मलेसियाका जुल्हेल्मी जुल्किफ्लीसंग प्रतिस्पर्धा गर्ने छन्। अर्का खेलाडी दिपेश धामी भने पराजित भएका छन्। धामी ईन्डोनेसियाका क्रिष्टियन एडिनाटा संग २१–१८, २१–१३ ले पराजित भएको टिम ब्यवस्थापक सुभाष श्रेष्ठले बंगलादेशबाट जानकारी गराए।
पुरुष जोडीमा भने रत्नजित र दिपेशको जोडी बाई प्राप्त गर्दै दोस्रो चरण प्रवेश गरेका छन्।
यस्तै महिला जोडीमा पनि नङसलदेवी तामाङ र अमिता गिरीको जोडीले मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वाटरफाइनल यात्रा तय गरेका छन्।
मिश्रीत जोडीतर्फ दिपेश धामी र अमिता गिरीको जोडी पनि मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै दोश्रो चरण प्रवेश गरेका छन्।