PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

इपीएल : नियमविपरित बलिङ गरेको प्रमाणित भएपछि ललितपुरबाट खेल्ने तोमरले बलिङ गर्न नपाउने



पहिलोपोस्ट

इपीएल : नियमविपरित बलिङ गरेको प्रमाणित भएपछि ललितपुरबाट खेल्ने तोमरले बलिङ गर्न नपाउने

काठमाडौँ : एभरेष्ट प्रिमियर लिग (इपिएल) मा खराब बलिङ एक्सनका कारण ललितपुर प्याट्रिओट्सबाट खेल्ने भारतीय खेलाडी गौरव तोमरले बाँकी खेलमा बलिङ गर्न नपाउने भएका छन्।

उनले यसअघि नियमविपरित बलिङ गरेको प्रमाणित भएकाले उनलाई बाँकी खेलमा बलिङ गर्नबाट प्रतिवन्ध लगाउने निर्णय गरेको आयोजकले जनाएको छ।

तोमारले यसअघि खेलेका खेलमा दुई फरक फिल्ड एम्पायर जोडीले गैरकानुनी बलिङ रिपोर्ट गरेको र इपीएलको टेक्निकल कमिटिले भिडियो हेरे एनालिसिस गरेपछि उनको बलिङ इलेगल भेटिएको र कारवाही गरिएको आयोजकले जनाएको छ।

यस्तै मंगलवार विराटनगर वारियर्स विरुद्धको खेलमा पोखरा राइनोजबाट खेलेका सुबेन्दु पाण्डेले एम्पायरको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै नियम तोडेकोले उनलाई म्याच फि को १० प्रतिशत जरिवाना लगाइएको आयोजकले जनाएको छ।

विराटनगर विरुद्धको खेलमा खेल भावना विपरित कार्य गरेको र अम्पायरले आउट दिँदा असन्तुष्टी जनाएकोले कारवाही गरेको आयोजकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell