PahiloPost

Jun 24, 2026 | १० असार २०८३

देउवा नगएपछि संवैधानिक परिषदको बैठक स्थगित, तेस्रो पटक पनि बैठक बस्न सकेन



पहिलोपोस्ट

देउवा नगएपछि संवैधानिक परिषदको बैठक स्थगित, तेस्रो पटक पनि बैठक बस्न सकेन

काठमाडौँः प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि संवैधानिक परिषदको बैठक स्थगित भएको छ। बिहान ९ बजेका लागि बैठक बोलाइए पनि देउवा अनुपस्थित भएकाले बैठक स्थगित भएको हो। 

बैठक बिहीबार बिहान ९ बजेका लागि पुनः बोलाइएको छ। अन्य पदाधिकारी उपस्थित भए पनि देउवा उपस्थित भएनन्।  

मंगलबार साँझको बैठक पनि बस्दै नबसी स्थगित भएको थियो। मंगलबार साँझ बैठक स्थगित भएपछि पुस ५ गतेसम्मका लागि बैठक स्थगित गरिएको जानकारी दिइएको थियो। तर, बुधबार बिहानैका लागि बैठक बस्नेगरि सदस्यहरुलाई मंगलबार राति ९ बजे सूचना दिइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell