PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

अन्योलबीच करिब तीन सय अधिकृतका लागि दरखास्त आह्वानः न्याय, लेखापरीक्षण र संसद् सेवामा मात्र विज्ञापन

अन्योलबीच करिब तीन सय अधिकृतका लागि दरखास्त आह्वानः न्याय, लेखापरीक्षण र संसद् सेवामा मात्र विज्ञापन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः लोक सेवा आयोगले खुला तथा समावेशी रुपमा पदपूर्ति गर्नेगरि २९६ अधिकृत (प्राविधक समेत) का लागि दरखास्त आह्वान गरेको छ। आयोगले योपटक न्याय सेवाका कानुन, न्याय, सरकारी वकिल समूह तथा लेखापरीक्षण र संसद् सेवा समूहमा मात्र पदपूर्ति गर्न लागेको हो।

न्याय सेवा र लेखापरीक्षण समूहको भने सहसचिव र उपसचिवसम्मको आन्तरिक खुला र खुला पदपूर्तिका लागि सूचना जारी गरिएको छ।

सहसचिवतर्फ ७ पदपूर्तिमध्ये सरकारी वकिल समूहमा एक जना खुलाको खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ। अन्य पदपूर्ति आन्तरिक प्रतिस्पर्धा र समावेशी रुपमा पदपूर्ति हुनेछ।

उपसचिवतर्फ न्याय सेवामा ५, सरकारी वकिल २ र व्यवस्थापिका संसद् सेवा समूहमा १ जनाको मात्र खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ। ५३ मध्ये अन्य पदपूर्ति आन्तरिक खुला प्रतिस्पर्धा र समावेशीका आधारमा हुनेछ।

 

२९६ अधिकृतका लागि दरखास्त माग

तीन समूहमा गरी २९६ अधिकृतको पदपूर्तिका लागि दरखास्त आह्वान भएको छ। अधिकृतस्तरमा न्याय, कानुन र सरकारी वकिल गरी खुलातर्फ १४२ जनाको पदपूर्तिका लागि दरखास्त आह्वान भएको छ। जसमा न्यायमा ९३, कानुनमा २९ र सरकारी वकिलमा २० जनाको पदपूर्ति खुला प्रतिस्पर्धाबाट हुनेछ।

यस्तै, महिलातर्फ न्यायमा २३, कानुनमा ८ र सरकारी वकिलमा ४ जनाको कोटा निर्धारण गरिएको छ। आदिवासी जनजातितर्फ न्यायमा २२, कानुनमा ७ र सरकारी वकिलमा ३ जनाको कोटा छुट्ट्याइएको छ।

समावेशी अन्तर्गत नै मधेशीको कोटामा न्यायमा १८, कानुनमा ५ र सरकारी वकिलमा ३ जनाको पदपूर्ति हुनेछ।

दलित कोटा अन्तर्गत न्यायमा ८, कानुनमा ३ र सरकारी वकिलमा २ जनाको पदपूर्ति हुनेछ। अपाङ्गता भएका व्यक्तिहरुको समूहबाट न्यायमा ४, कानुननमा १ र सरकारी वकिलमा १ जनाको कोटा निर्धारित छ।  पिछडिएको क्षेत्रबाट न्यायमा ३ र कानुनमा १ जनाको कोटा निर्धारण गरी पदपूर्तिको सूचना जारी गरिएको छ।

यस्तै, राजपत्राङ्कित तृतीय श्रेणी संयुक्त र एकीकृततर्फ लेखा परीक्षण समूहका लागि २७ जना अधिकृत माग गरिएको छ। जसमा व्यवस्थापिका संसद्को सामान्य प्रशासन र लेखापरीक्षण गरी २० जनाको खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुनेछ। यस्तै, महिला ६, आदिवासी जनजाति ४, मधेशी ४, दलित २ र अपाङ्गता भएका व्यक्तिको समूहबाट १ जनाको कोटा निर्धारण गरिएको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell