PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

वाइड बडी प्रकरणमा छानविन गर्ने उप समितिको संयोजकमा राजन केसी, त्रिपाठी र रिजाल पन्छिए



बीपी साह

वाइड बडी प्रकरणमा छानविन गर्ने उप समितिको संयोजकमा राजन केसी, त्रिपाठी र रिजाल पन्छिए
लेखा समितिको फाइल फोटो

काठमाडौं : सार्वजनिक लेखा समितिले नेपाल एयरलाइन्सको वाइड बडी विमान खरिद प्रकरणमा अनुसन्धान गर्न छानविन उप समिति गठन गरेको छ।

नेपाली कांग्रेसका सांसद राजन केसीको नेतृत्वमा पाँच सदस्यीय छानविन उप समिति गठन भएको हो। आज बसेको समितिको बैठकले छानविन प्रकृया अगाडि बढाउने निर्णय गरेको हो।

उप समितिमा सांसदहरु प्रेम आले, धर्मशीला चापागई, मीना पुन र कृष्णलाल मर्हजन सदस्य छन्। उप समितिलाई छानविनका लागि १५ दिनको म्याद दिइएको छ।

छानविन उप समितिको नेतृत्व सुरुमा सांसद हृदयेश त्रिपाठीलाई दिने तय थियो। तर, उनले बस्न अस्वीकार गरेपछि मिनेन्द्र रिजालको नाम अघि सारिएको थियो। उप समितिमा रिजालले पनि बस्न मानेनन्। त्यसपछिमात्रै केसीको नेतृत्वमा उप समिति गठन भएको हो।  

सुरुमा सदस्यमा प्रस्ताव गरिएका सांसद प्रदीप यादवले पनि उप समितिमा रहन अस्वीकार गरेपछि धर्मशीला चापागाई सदस्य बनेकी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell