PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

गाईसँगै 'गोपी'



पहिलोपोस्ट

गाईसँगै 'गोपी'

काठमाडौं : फिल्म 'गोपी'को पोस्टर सार्वजनिक भएको छ। चार पोस्टरमध्य तीन पोस्टरमा फिल्मका मुख्य कलाकार विपिन कार्की फिचर्ड छन्। एउटा पोस्टरमा फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्त अटाएका छन्।

पोस्टरमा विपिनको पेशा झल्किन्छ। फिल्ममा उनी गाई पालन गर्ने एक युवाको भुमिकामा देखिँदै छन्। दीपेन्द्र लामा निर्देशित फिल्म आगामी माघ १८ गतेदेखि प्रदर्शनमा आउनेछ।

पोस्टरका लागि विपिनलाई गाईफार्ममा लगेर फोटो सुट गरेको निर्देशक लामाले बताए। 'मलाई धेरैपछि मन परेको पोस्टर हो यो। विपिनको सडक दुर्घटनाका कारण फिल्मको पोस्टर निर्धारित समयभन्दा पछाडि रिलिज गरिएको हो,' उनले भने 'पोस्टरको कलर कम्बिनेसन र कलाकारहरुको भाव मलाई चित्त बुझेको छ। पछिल्लो समय निर्माण टिमले फिल्मको एउटा गीत पनि सार्वजनिक गरेको थियो।

आरोही इन्टरटेनमेन्टको ब्यानरमा बनेको फिल्मको पटकथा सामिप्यराज तिमिल्सेनाले लेखेका हुन्। फिल्ममा प्रकाश घिमिरे, रमेश अधिकारी, अंकित खड्का, भोला सापकोटा लगायतले पनि अभिनय गरेका छन्।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell