PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मिटूले डुबायो साजिद खानलाई, निर्देशक संघबाट निलम्बित



पहिलोपोस्ट

मिटूले डुबायो साजिद खानलाई, निर्देशक संघबाट निलम्बित

भारतको 'फिल्म र टेलिभिजन निर्देशक संघ'ले फिल्म मेकर साजिद खानलाई एक वर्षका लागि निलम्बित गरेको छ। एकसाथ तीन महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि उनी निलम्बित भएका हुन्।

'मिटू मुभमेन्ट' अन्तर्गत ती महिलाहरुले साजिद विरुद्ध बोलेका थिए। साहयक निर्देशक सलोनी चोपडा, रेचल ह्वाइट र पत्रकार करिश्मा उपाध्यायले ४८ वर्षिय साजिदमाथि यौन दुर्व्यवहारको आरोप लगाएका हुन्।

पछिल्लो समय उनले 'हाउसपूल ४'को निर्देशन पनि छोड्नुपर्‍यो। 

मूभमेन्टमा सहभागि हुँदै तनुश्री दत्तले नाना पाटेकर विरुद्ध मुख खोलेपछि भारतमा यौन दुर्व्यवहारबारे बोल्ने महिलाहरु बेढेका थिए। अहिलेसम्म बलिउड इन्डस्ट्रीका कैलाश खैर, सुवास घाई, विकास बल, आलोक नाथ र रजत कपुर मिटू मुभमेन्टको सिकार भएका छन्। 

नेपाली फिल्म क्षेत्रमा भने मूभमेन्टले खासै प्रभाव पारेन। बलिउडमा भने अझै आरोपित विरुद्ध खोज अनुसन्धान भइरहेका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell