PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'तिला ताजी'को पार्श्व संगीतमा कभर भिडियो प्रतियोगिता



पहिलोपोस्ट

'तिला ताजी'को पार्श्व संगीतमा कभर भिडियो प्रतियोगिता

काठमाडौं :  'कथा ७२' टिमले फिल्मको एक गीतमा कभर भिडियो प्रतियोगिता आयोजना गरेको छ। प्रदर्शनको तयारीमा रहेको फिल्मको 'तिला ताजी'बोलको गीतमा कभर भिडियो प्रतियोगीता आयोजना गरिएको हो।

गीतको पार्श्व संगीतमा इच्छुकले आफ्नो कन्सेप्टमा भिडियो बनाउन सक्नेछन्। भिडियोले कुनै यात्रा तथा अन्य ठाउँको कथा बोकेको हुनुपर्ने निर्माण टिमले जनाएको छ।

कभर भिडियोलाई लोकल सिनेमाको अफिसियल इमेलमा ६ जनवरी २०१९ सम्म पठाइसक्नु पर्नेछ। भिडियोहरु लोकल सिनेमाको अफिसियल युट्युब तथा फेसबुकमा पोस्ट गरिनेछ। जनवरी १० मा विजेता घोषणा गरिनेछ।  विजेतालाई नगद रु ३० हजार र आगामी फिल्ममा काम गर्ने मौकासमेत दिइने निर्माण टिमले जनाएको छ।

फिल्म भने आगामी मंसिर २८ गतेदेखि प्रदर्शनमा आउनेछ। फिल्ममा आकाश मगर, सुप्रिया राना, भुइसल लामा, पल्मो सन्जु तामाङ, केदार श्रेष्ठ, शारदा अधिकारीको अभिनय छ। फिल्मले भूकम्पपछि एउटा युवाको जिन्दगीमा घट्ने घट्नाहरुको कथा बोलेको छ। फिल्मलाई प्रविनले निर्देशन गरेका हुन्।

यसअघि फिल्म सिटेल इन्टरनेशनल फिल्म फेस्टिभल, दुर्बन इन्टरनेशनल फिल्म फेस्टिभल, सिकागो साउथ एसियन फिल्म फेस्टिभल, हानोइ इन्टरनेशनल फिल्म फेस्टिभलमा र काठमाडौं इन्टरनेश्नल माउन्टेन फिल्म फेस्टिभल (किम्फ)मा प्रदर्शन भइसकेको छ।




 

  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell