PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

'भूपू मायालु'का गीतकार बुद्धवीर लामालाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड'



पहिलोपोस्ट

'भूपू मायालु'का गीतकार बुद्धवीर लामालाई 'लाइफटाइम अचिभमेन्ट अवार्ड'

काठमाडौं : गीतकार बुद्धवीर लामा 'लाइफटाइम अचिभमेन्ट अवार्ड (दीर्घ साधना)'बाट सम्मानित हुने भएका छन्। अमेरिकामा आयोजना हुने 'थर्ड नेपाली फिल्म, म्युजिक एण्ड सोसल अवार्ड २०१८'मा उनलाई सो सम्मान प्रदान गर्न लागिएको हो।

अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था 'लभ एण्ड सपोट फाउण्डेसन'ले डिसेम्बर २२ मा कार्यक्रम आयोजना गर्दैछ। कार्यक्रममा लामालाई गीत संगीत तर्फको 'लाइफटाइम अचिभमेन्ट अवार्ड' सम्मान दिइन लागिएको हो।

फिल्म तर्फको 'लाइफटाइम अचिभमेन्ट अवार्ड' भने निर्देशक बन्नी प्रधानले प्राप्त गर्नेछन्। कार्यक्रममा अभिनेता, अभिनेत्री, गीतकार, पत्रकार लगायत २५ जना सम्मानित हुने आयोजक मनोज राइले जानकारी दिए।

कार्यक्रमका लागि नेपालबाट कलाकार निर्देशक दिनेस डिसी र गीतकार लामा सहभागी हुँदैछन्। 'भूपू मायालु', 'छो रौल्पा ताल',  'समयले कोल्टे फेर्दा' लामाका हिट गीतहरु हुन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell