PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

बंगलादेश अन्तराष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज : नेपालका रत्न र दिपेशको जोडी अन्तिम आठमा



पहिलोपोस्ट

बंगलादेश अन्तराष्ट्रिय ब्याडमिन्टन च्यालेन्ज : नेपालका रत्न र दिपेशको जोडी अन्तिम आठमा

काठमाडौँ : नेपालका रत्नजित तामाङ र दिपेश धामीको जोडी 'योनेक्स सनराईज बंगलादेश अन्तराष्ट्रिय च्यालेन्ज २०१८' मा पुरुष युगलतर्फ अन्तिम आठको यात्रा तय गर्न सफल भएका छन्। तामाङ र धामीको जोडीले बंगलादेशका पारश मोहम्मद आहसुन हबिब र गौरव सिंहको जोडीलाई २२-२०, २१-१८ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेका हुन्।

रत्नजित र दिपेश, फाइल फोटो

यस्तै आजै सम्पन्न खेलको मिश्रीत जोडीतर्फ दिपेश धामी र अमिता गिरीको जोडीले पनि अन्तिम आठमा स्थान बनाएका छन्। धामी र गिरीको जोडीले बंगलादेशकै अल अमिन जुमार ब्रिष्टी खातुनको जोडीलाई २१-१४, २१-१८ ले पराजित गरे।

पुरुष एकलमा भने पहिलो चरण्मा जित निकालेका रत्नजित दोश्रो चरणमा मलेसियाका जुल्हेल्मी जुल्किफ्लीसंग २१-१२, २१-१२ ले पराजित भए।

महिला जोडीमा पनि नङ्गशल देवी तामाङ र अमिता गिरीको जोडी मरिससका खेलाडीबाट वाक ओभर प्राप्त गर्दै क्वाटरफाइनल पुगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell