
काठमाडौँ : नेपालको राष्ट्रिय महिला फुटबल टोली घरेलु भूमिमै हुने साफ महिला च्याम्पियनसिपका लागि तयारी सुरु गरेको छ।
नेपालले पहिलो पटक साफ महिला च्याम्पियनसिप आयोजना गर्दैछ र पाँचौ संस्करण सन् २०१९ मार्च ११ देखि २१ सम्म विराटनगरमा हुनेछ।
एएफसी महिला ओलम्पिक क्वालिफायर खेलेको टिममा रहेका २० खेलाडीमा १३ जना थप गर्दै मुख्य प्रशिक्षक हरि खड्काले प्रारम्भिक टोली तयार पारी ट्रेनिङ बुधवार सुरु गरेका हुन्।
प्रशिक्षक हरि खड्काले २०२० टोकियो ओलम्पिकको पहिलो चरण पार गर्दै दोस्रो चरणमा प्रवेश गरेपछि टिमको मनोबल उच्च रहेको बताउँदै तयारी सुरु गरेको बताए। उनले अहिलेको तयारीले टिममा सुधार हुँदै जाने विश्वास राखेका छन्।
'आयोजक देशको नाताले हामीसँग धेरै उत्तरदायित्वहरु छ। त्यसैले हामीले तयारीमा निरन्तर लाग्नुपर्छ।' नेपालको पुरुष राष्ट्रिय टिम पूर्व कप्तान समेत रहेका खड्काले भने।
प्रारम्भिक टोली :
सरु लिम्बु, मन्जली कुमारी योन्जन, एन्जिला तुम्बापो सुब्बा, अन्जन राना मगर, हिरा कुमारी भुजेल, गीता राना, मन माया लिम्बु, रन्जना दर्जी, रेनुका नगरकोटी, अनिता बस्नेत, सावित्रा भण्डारी, अनिता केसी, अनु लामा, कृष्णा खत्री, रुपा राना मगर, पुनम जर्घा मगर, सुनिता चौधरी, कविता धिमाल, इन्दिरा राई, बिमला चौधरी, शर्मला थापा, दीपा राई, घिम कुमारी गुरुङ, अमृता जैसी, निरु थापा, सृजना खड्का, दीपना न्यौपाने, सदिक्षा घिमिरे, रश्मि कुमारी घिसिङ, उषा नाथ, रेखा पौडेल, पुजा रान, विमला विक