PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

संवैधानिक परिषद बैठक आज पनि बस्दै, होला प्रधानन्यायाधीश सिफारिस?



पहिलोपोस्ट

संवैधानिक परिषद बैठक आज पनि बस्दै, होला प्रधानन्यायाधीश सिफारिस?

काठमाडौँः लगातार चार पटकसम्म स्थगित भएको संवैधानिक परिषद बैठक आज पनि बस्दैछ। बुधबार प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको व्यस्तताका कारण स्थगित बैठक आज बोलाइएको हो। प्रधानमन्त्री कार्यालय सिंहदरबार बिहान ९ बजे बैठक बोलाइएको छ।
यसअघि शनिबार, मंगलबार र बुधबारदेखि लगातार बैठक स्थगित हुँदै आएको छ। 

बैठकमा प्रधानन्यायाधीश सिफारिसको मुख्य एजेण्डा छ। हालका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको कार्यकाल पुस १८ बाट सकिँदैछ। संवैधानिक परिषदले न्याय परिषदले पठाएको विवरण अनुसार वरिष्ठतम न्यायाधीशद्वय दीपकराज जोशी र चालेन्द्र शमशेर जबरामध्ये एकलाई प्रधानन्यायाधीशमा सिफारिस गर्नेछ।

यस्तै, बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका पदाधिकारी सिफारिस पनि कार्यसूची रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell