PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

च्याम्पियन्स लिग : सानेको दुई गोलमा सिटी विजयी, लियोन अन्तिम १६ मा प्रवेश



पहिलोपोस्ट

च्याम्पियन्स लिग : सानेको दुई गोलमा सिटी विजयी, लियोन अन्तिम १६ मा प्रवेश

लरेय सानले दुई गोल गरेपछि युरोपियन च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा म्यानचेष्टर सिटीले होफेनहेइमलाई २-१ ले पराजित गरेको छ। समूह एफमा ६ खेलबाट १३ अंक जोडेको सिटी समूह विजेता बनेको छ।

यसै समूहको अर्को खेलमा साख्तर डोनेस्कसँग १-१ को बराबरी खेलेको फ्रेन्च क्लब लियो ८ अंक जोड्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। लियोनले समूह चरण पार गरेपछि च्याम्पियन्स लिग २०१८-१९ को सिजन अन्तिम १६ मा पुग्ने सबै क्लबको टुङ्गो लागेको छ।

सिटीले घरेलु मैदान एतिहाड स्टेडियममा एक गोलले पछि परेको स्थिति उल्टाउँदै जित हात पारेको हो। १६औँ मिनेटमा आन्द्रे क्रमारिकले पेनाल्टीमा गोल गर्दै होफेनहेइमलाई अग्रता दिलाएका थिए। तर पहिलो हाफको इन्जुरी समयमा सानेले सिटीका सानेले गोल गर्दै खेल बराबरी गरे। सानेले ६१औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटीले पुनरागमन जित हात पार्‍यो।

उता लियोनले पहिलो एक गोलले पछि पर्नका बावजुत दोस्रो हाफमा बराबरी गोल फर्कायो। २२औँ मिनेटमा जुनिएर मोराएसले गोल गर्दै साख्तरलाई अग्रता दिलाएका थिए। लियोनलाई पराजित गर्न सकेको खण्डमा साख्तर अन्तिम १६ मा पुग्ने थियो। तर ६५औँ मनेटमा नविल फेकिरले लियोनलका लागि बराबरी गोल फर्काएपछि साख्तर अघिल्लो चरण पुग्न सकेन। समूहमा ६ अंक जोड्दै तेस्रो भएको साख्तर युरोपा लिगको लागि छनोट भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell