PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

यी हुन् च्याम्पियन्स लिगमा प्रिक्वाटरफाइनल पुग्ने १६ टोली, इंग्ल्याण्डबाट सर्वाधिक ४ क्लब



पहिलोपोस्ट

यी हुन् च्याम्पियन्स लिगमा प्रिक्वाटरफाइनल पुग्ने १६ टोली, इंग्ल्याण्डबाट सर्वाधिक ४ क्लब

युरोपको सबैभन्दा ठूलो क्लब फुटबल प्रतियोगिता युरोपियन च्याम्पियन्स लिगको समूह चरणका सबै खेलहरु समाप्त भइसकेको छ। समूह चरणका खेलपछि नटआउट चरणमा पुग्ने १६ टोलीको टुङ्गो लागेको छ। फ्रेन्च क्लब लियोन अन्तिम १६ मा पुग्ने सबैभन्दा अन्तिम क्लब बनेको हो।

नकआउट चरणमा सबैभन्दा धेरै इंग्ल्याण्डबाट ४ क्लब पुगेका छन्। इंग्लिस क्लब म्यानचेष्टर सिटी समूह विजेता तथा लिभरपुल, टोटनहम र म्यानचेष्टर युनाइटेड समूह उपविजेता बनेर अन्तिम १६ मा पुगेको हो। इंग्ल्याण्डबाट च्याम्पियन्स लिग खेलेका चारवटै क्लबले समूह चरण पार गरेका हुन्।

यस्तै स्पेन र जर्मनीबाट ३-३ क्लब अन्तिम १६ मा पुग्दा इटली र फ्रान्सबाट २-२ क्लबले समूह चरण पार गरे। नेदरल्याण्ड्स र पोर्चुगलबाट १-१ क्लब अन्तिम १६ मा पुगेका छन्।

स्पेनिस जायन्ट बार्सिलोना र रियल मड्रिड समूह विजेता तथा एट्लेटिको मड्रिड समूह उपविजेता बने। यस्तै जर्मनीको वायर्न म्युनिख र बोरुसिया डर्टमण्ड समूह विजेता बन्दा साल्का समूह उपविजेता बन्यो।

इटलीबाट युभेन्ट्स समूह विजेता र रोमा समूह उपविजेता बन्दा फ्रान्सको पीएसजी समूह विजेता र लियोन समूह उपविजेता बनेको हो। डच क्लब अयाक्स समूह उपविजेता र पोर्चुगिज क्लब पोर्टो समूह विजेता बनेको हो।

च्याम्पियन्स लिगको अन्तिम १६ को लागि आगामी सोमवार ड्र गरिने युइएफले जनाएको छ।

समूह चरणमा वायर्नका पोलिस स्ट्राइकर रोवर्ट लेवान्डास्कीले सर्वाधिक ८ गोल गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell