PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

साउण्ड सिस्टमको विषयलाई लिएर युवाबीच झगडा, एकको हत्या



पहिलोपोस्ट

साउण्ड सिस्टमको विषयलाई लिएर युवाबीच झगडा, एकको हत्या

रुपन्देहीः रुपन्देहीको तिलोत्तमामा एक युवकको हत्या भएको छ। तिलोत्तमा नगरपालिका –७ दल्गाका २६ वर्षीय अशोक मुसहरलाई बुधबार राति स्थानीय २२ वर्षीय शिवपूजन चौधरीले ढुङ्गाले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक हृदय थापाले जानकारी दिए।

बुधबार खेतमा शव देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए। घटना अनुसन्धापछि चौधरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले बताए। थापाका अनुसार उनले हत्या गरेको स्वीकार गरेका छन्।

बुधबार राति पिवाहमा साउण्ड सिस्टमको विषयलाई लिएर अशोक र शिवपूजनबीच झगडा भएको थियो। झगडापछि शिवपूजनले अशोकलाई घर जाउँ भनी खेतमा ल्याई ढुङ्गाले टाउकोमा हानेर हत्या गरेको स्वीकारेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell