PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

'अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम'मा ११ देशको प्रस्तुति



पहिलोपोस्ट

 'अन्तर्राष्ट्रिय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम'मा ११ देशको प्रस्तुति

काठमाडौं : 'अन्तर्राष्ट्रिय सम्मेलन तथा साँस्कृतिक कार्यक्रम (एसीसीएसी)' सम्पन्न भएको छ। ११ देश सहभागिता रहको कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्य, अनि गायन प्रस्तुत गरिएको थियो। उपराष्ट्रपति नन्दबहादुर पुन कार्यक्रमका सभापति थिए।

कार्यक्रमलाई संचारकर्मी माल्भिका सब्बा र राजु दहालले संचालन गरेका थिए। 'छलिया नृत्य'सँगै सुरु भएको कार्यक्रममा एसीसीएसीको पहिलो वार्षिक उत्सव केक काटेर मनाइयो। कार्यक्रममा संस्कृतविद सत्यमोहन जोशी, हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा अवार्ड पनि प्रदान गरिएको थियो।


गायिका मेनुका पौडेल, अजय अधिकारी सुशील, उरुसा जोशीलाई अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा नेपालको तर्फबाट स्मृति लामाले कुमारी नृत्य, कोरियाबाट गायन, तनुहुँको मगर कौडा नृत्य, फिनल्याण्डका पीर्कोबाट सांकेतिक नाटक, ह्वीलचेयर नृत्य, इजिप्टियन नृत्य, नेपाल आर्मीको विषेश प्रस्तुती भयो। सांस्कृतिक गायन प्रस्तुत गर्दै कोरियाका एक गायकले भने 'नेपाल जस्तै सुन्दर गीत गाउन चाहन्छु।'



फिनल्याण्डबाट प्रस्तुति राख्ने क्रममा पीर्कोले आफूहरु एक समयको चर्चित 'कार्टुन मुमिन'जन्मस्थानबाट आएको बताए। उनीहरुले मुमिनकै विषयमा सांकेतिक नाटक प्रस्तुत गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell