PahiloPost

Jun 24, 2026 | १० असार २०८३

नेपाल अगावै थाइल्याण्ड र म्यानमारमा 'सयकडा दश' प्रदर्शन हुने



पहिलोपोस्ट

नेपाल अगावै थाइल्याण्ड र म्यानमारमा 'सयकडा दश' प्रदर्शन हुने

काठमाडौं : नेपाल प्रदर्शन अगावै फिल्म 'सयकडा दश' थाइल्याण्ड र म्यानमारमा प्रदर्शन हुने भएको छ। थाइ नेपाली संघले थाइल्याण्डमा अंग्रेजी नयाँ वर्ष २०१९ मा फिल्मको रेड कार्पेट प्रिमियर गर्ने भएको हो।

संघका अध्यक्ष एवं अभिनेता कुमार कार्कीले नेपाली फिल्मको ठूलो बजार रहेको म्यानमारमा 'सयकडा दश' प्रदर्शन गर्न उत्साहित रहेको बताए।

फिल्मलाई रामशरण पाठकले निर्देशन गरेका हुन्। फिल्म आगामी माघ १८ गतेदेखि नेपाल प्रदर्शनमा आउनेछ। सामाजिक सञ्जाल इन्साटाग्राममा अहिले फिल्मको 'दाईलाई कुरा लाइदिनी' बोलको गीत हिट छ। फिल्ममा मनोज गजुरेल, अमृत ढुंगाना, राजाराम पौडेल, करुणा श्रेष्ठलगायतको अभिनय छ।  

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell