
युरोपियन च्याम्पियन्स लिग २०१८-१९ को लास्ट १६ ड्र मा प्रिमियर लिगबाट एक चौथाई क्लब रहनेछन्। लास्ट १६ को लागि सोमवार ड्र हुँदैछ। एउटै देशका क्लबहरुले एक आपसमा खेल्नुपर्दैछ र एउटै समूहबाट अगाडी बढेका क्लबले पनि एकआपसमा खेल्नुपर्दैन।
समूह विजेता बनेकाहरु समूह उपविजेता बनेकासँग खेल्नुपर्नेछ। यसैगरी भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) पनि नकआउट राउण्डबाट च्याम्पियन्स लिगमा लागु हुनेछ।
समूह विजेताहरु
बोरुसिया डर्टमण्डले मोनाकोलाई पराजित गर्दै समूह विजेता बनेको हो। लुसिएन फाभ्रेको टिमले दोसरो स्थानको एट्लेटिको मड्रवडलाई घरेलु मैदानमा ४-० ले पराजित गरेकमो थियो। तर मड्रिडमा भएको अवे म्याचमा भने डर्टमण्ड २-० ले हार्यो र त्यो नै जर्मन क्लबको एक मात्र हार हो। डर्टमण्डले यस सिजन बुण्ढेसलिगामा अपारजित यात्रा कायम राख्दै शीर्ष स्थानमा ७ अंकको अग्रता कायम गरेको छ। पछिल्लो लिग खेलमा डर्टमण्डले रुहरडर्बीमा साल्कालाई पराजित गरेको थियो।
बार्सिलोना लगातार १२औँ पटक लास्ट १६ मा पुगेको हो र यो कीर्तिमान हो। अन्तिम खेलमा टोटनहमसँग १-१ मा रोकिनुअघि बार्सिलोनाले पिएसभीलाई उसैको मैदानमा २-१ ले पराजित गर्दै समूह विजेता भएको थियो। ला लिगाको लिग लिडर बार्सिलोना क्याम्प नोउमा भएको २९ च्याम्पियन्स लिग खेलमा अपराजित छ। २००१३ देखि बार्सिलोना घरमा हारेको छैन।
पेरिस सेन्ट जर्मेन (पीएसजी) पछिल्लो सात सिजन नकआउट राउण्डमा छनोट हुँदै आएको छ र राम्रो प्रदर्शन गरिरहेको छ। यस सिजन सबै खाले प्रतियोगितामा पीएसजीले ७० गोल गरिसकेको छ र यो युरोपको टप फाइभ लिगमा सबैभन्दा धेरै हो। दोस्रो स्थानमा रहेको म्यानचेष्टर सिटीले ६८ गोल गरेको छ।
पोर्चुगिज लिग प्रिममेरा लिगाको लिडर पोर्टोले च्याम्पियन्स लिगको समूह डी मा लगातार पाँच खेल जितेको छ र सबैखाले प्रतियोगितामा गरेर पछिल्लो १२ खेल जितेको छ। २७ वर्षीय मालियन स्ट्राइकर माउसा मारेगाले पोर्टोको सफलताको मुख्य नायक हुन र उनले लास्ट १६ सम्म पुग्दा समह्यू चरणमा ६ गोल गरिसकेका छन्।
वायर्न म्युनिखले समूहको अन्तिम अलमा अयाक्ससँग ३-३ को बराबरी खेल्दै समूह विजेता बनेको हो। बुण्डेसलिगामा भने निको कोभासको टिमले यस सिजन खराब प्रदर्शन गरिरहेको छ। लिगमा वायर्न तेस्रो स्थानमा छ र शीर्ष स्थानको डर्टमण्ड भन्दा ९ अंकले पछि छ।
म्यानचेष्टर सिटीले घरेलु मैदानमा लियोनसँग २-१ ले पारजित हादै खराब सुरुवात गरेको थियो। तर त्यसपछि सिटीले लय लादै लियोनसँग फ्रान्समा २-२ को बराबरी खेल्दै २ खेल अघि नै लास्टमा स्थान पक्का गरेको हो। साख्तर विरुद्धको ६-० को जित युरोपियन कम्पिटिसनमा सिटीको सबैभन्दा ठूलो जित हो। पेप गोर्डिओलाको सिटीले यस सिजन प्रिमियर लिगमा पहिलो हार बेहोरेको छ। सिटी चेल्सीसँग २-० ले पराजित भएको हो। लिग लिडर लिभरपुल भन्दा सिटी एक अंकले पछि छ।
रियल मड्रिडले समूह चरणमा दुई खेल हार्यो। रसियन क्लब सिएसकेए मस्कोले साविक विजेता रियललाई दुई पटक नै हरायोर पछिल्लो खेलमा बर्नाबेउमै रियललाई ३-० ले स्तब्ध पार्यो। सान्टियागो सोलारीको रियलले त्यसका बावजुत पनि एक खेल अघि नै समूह बी को विवेता बन्ने पक्का थियो। मस्कवसँग हार्नुअघि रियलले रोमालाई २-० ले हराएको थियो। युरोपियन लिगमा उत्कृष्ट प्रदर्शन गरेको रियलले ३८ खेलमा ६ खेल मात्र हारेको छ।
म्यानचेष्टर युनाइटेडसँग टुरिनमै २-१ ले पराजित भएपछि युभेन्ट्सले समूह चरण पार गर्न अर्को खेल कुर्नुपर्को थियो। घरेलु मैदानमा भ्यालेन्सियालाई १-० ले पराजित गरेपछि इटालियन क्लबले अन्तिम १६ को यात्रा पक्का गर्यो। समूहको अन्तिम खेलमा योङ ब्वाइजसँग हारेपछि युनाइटेड भ्यालेन्सियासँग हारेपछि युभेन्ट्स समूह विजेता बन्यो। इटालियन सिरी ए मा युभेन्ट्सले शीर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ।
समूह उपविजेताहरु
एट्लेटिको मड्रिडले मोनाकोलाई पराजित गर्दै एक खेल अघि नै अन्तिम १६ को यात्रा पक्का गरेको थियो। तर अन्तिम खेलमा क्लब ब्रुगसँग गोलरहित बराबरीमा रोकिएपछि एट्लेटिकोले समूह विजेता बन्ने अवसर गुमायो। डियोगो सिमोनीको क्लब पछिल्लो ९ सिजन भित्र दुई पटक च्याम्पियन्स लिग र तीन पटक युरोपा लिगको फाइनलमा पुगेको थियो। यस सिजन ला लिगामा भने एट्लेटको तेस्रो स्थानमा छ।
टोटननहम हट्सपर सुरुको दुई खेल हारे पनि भाग्यमानी बन्दै अन्तिम १६ मा पुग्यो। इन्टर मालनसँग २-१ ले हार्दै समूह चरण सुरु गरेको टोटनहम वेम्बलीमै बार्सिलोनासँग ४-२ ले पराजित भयो। तर पिएसभी र इन्टरलाई पराजित गरेको टोटनहमले अन्तिम खेलमा बार्सिलोनासँग १-१ को बराबरी खेल्दै समूह चरण पार गरेको हो। प्रिमियर लिगमा टोटनहम तेस्रो स्थानमा छ।
लिभरपुलले अन्तिम खेलमा मोहमद सलाहको निर्णायक गोल मद्दतमा अन्तिम १६ मा स्थान बनाएको हो। प्रिमियर लिगको लिग लिडर लिभरपुल युरोपियन म्याचमा घरेलु मैदानमा १९ खेलसम्म अपराजित छ। सन् २०१४ अक्टोबरमा रियलसँग पराजित भएयता लिभरपुलले एनफिल्डमा हारेको छैन।
२०११ को सेमिफाइनलिस्ट साल्काको पछिल्लो तीन च्याम्पियन्स लिग यात्रा अन्तिम १६ मै टुङ्गिएको थियो। डोमकेनिको टेडेस्को क्लब साल्का बुण्डेसलिगामा १३औँ स्थानमा छ। १४ खेलबाट १४ अंक मात्र जोडेको साल्का च्याम्पियन्स लिगमा भने इज्जत जोगाएको छ।
डच जायन्ट अयाक्स सन् २००५-०६ यता पहिलो पटक च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको हो। युरवपियन लिगमा अयाक्स यस सिजन अपारजित छ। वायर्नसँग होम र अवे दुवैमा बराबरी खेलेको अयाक्सले वेनफिका विरुद्ध ४ अंक जोड्यो। डच लि एरेडिभिजमा पिएसभी भन्दा पछि दोस्रो स्थानमा रहेको अयाक्स फेयनुर्ड भन्दा पाँच अंकले अघि छ। यस सिजन अयाक्सले १५ मध्ये १३ खेल जितेको छ।
नविल फेकिरले साख्तर विरुद्ध बराबरी गोल फर्काएपछि लियोनले अन्तिम १६ को यात्रा पक्का गरेको हो। लियोनले म्यानचेष्टर सिटीलाई पहिलो खेलमा एतिहाडमै पराजित गरेको थियो। त्यसपछिका सबै पाँच खेल लियोनले बराबरी खेल्यो। फ्रेन्च लिग वानमा भने लियोन चौथो स्थानमा छ।
गत सिजनको सेमिफाइनलिस्ट रोमा पछिल्लो पाँच वर्षमा चौथो पटक अन्तिम १६ मा पुगेको हो। २००९ डिसेम्वर पछि रोमाले पहिलो पटक लगातार तीन खेल जितेको थियो तर अन्तिम खेलमा भिक्टवरिया प्लेजनसँग हार्नुअघि नै रोमा समूह उपविजेता बनिसकेको थियो। सिरी ए मा भने रोमा यस सिजन १५ मध्ये पाँच खेल मात्र जित्दै आठा स्थानमा छ।
प्रिमियर लिगमा संघर्ष गरिरहेको म्यानचेष्टर युनाइटेडले युरोपियन लिगमा भने राम्रो प्रदर्शन गर्दै एक खेल अघि नै अन्तिम १६ मा स्थान बनाएको थियो। अन्तिम लिग खेलमा भने युनाइटेड भ्यालेन्सियासँग पराजित भयो। त्यसअघि युनाइटेडले युभेन्टस विरुद्ध पुनरागमन जित हात पारेको थियो।
.............
समूह विजेता र उपविजेता बनेका बाहेक ८ समूहको तेस्रो स्थानमा रहन सफल ८ क्लब युरोपा लिगको राउण्ड अफ ३२ मा छनोट भएको छ। जसमा क्लब ब्रुग, इन्टर मिलान, नेपोली, गालातासारे, वेनफिका, साख्तर डोनेस्क, भिक्टोरिया प्लेजन, भ्यालेन्सिया छन्।
गार्डियनबाट