PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु



पी बी खड्का

एम्बुलेन्स दुर्घटनामा एक जनाको मृत्यु

सुर्खेत : दैलेखको गुरास गाउँपालिका–४ लाठेमा एम्बुलेन्स दुर्घटना हु्ँदा एक जनाको मृत्यु भएको छ।

जिल्ला अस्पताल कालिकोटको बा २ ज १७४० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा कालिकोट खाँडाचक्र नगरपालिका–२ का शैलेश विष्टको मृत्यु भएको हो। 

बुधवार कालिकोटबाट सुर्खेतमा विरामी पुर्‍याएर फिर्ता हुने क्रममा र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय दैलेख जनाएको छ। एम्बुलेन्स चालक भने सामान्य घाइते भएको प्रहरीको भनाई छ।

‘बुधवार कालिकोटबाट सुर्खेत विरामी लिएर गएको एम्बुलेन्स फर्कनेक्रममा दैलेखको लाठेमा दुर्घटना भएको हो,’ दैलेख प्रहरी प्रमुख ठाकुर प्रसाद पोखरेलले भने, ‘दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने घाइते चालकको अवस्था सामान्य छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell