
बलिउड कमेडियन कपिल शर्मा विवाह बन्धनमा बाँधिएका छन्। लामो समय प्रेम सम्बन्धमा रहेका शर्मा र प्रेमिका गीन्नी चत्रथ डिसेम्बर १२ देखि श्रीमान, श्रीमती भए। पञ्जावको जलन्धरमा उनीहरुको विवाह समारोह आयोजना भएको थियो।
शर्माले बिहीवार इन्स्टाग्राममार्फत् फोटो सार्वजनिक गर्दै आफ्ना फलोअर्ससँग खुशी साटे। कपिल हरियो सेरवानी र गिन्नी रातो लेहेङ्गामा देखिएका छन्। दुवैले पञ्जावी परम्परा अनुसारको गर गहना पहिरिएका छन्।
विवाह लगत्तै उनी पुन: द कपिल शर्मा सो लिएर सोनी टिभीमार्फत फर्कँदै छन्। स्वास्थ्य समस्या एवं टिमबीचको विवादका कारण उनको कार्यक्रम रोकिएको थियो। कार्यक्रमको नयाँ सिजनको ट्रेलर समेत रिलिज भइसकेको छ।