PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

राष्ट्रपतिलाई एक रुपैयाँ चन्दा उठाएर किनेको प्रतीकात्मक गाडी पुर्‍याउन जाँदा फोटो पत्रकार गिरफ्तार



पहिलोपोस्ट

राष्ट्रपतिलाई एक रुपैयाँ चन्दा उठाएर किनेको प्रतीकात्मक गाडी पुर्‍याउन जाँदा फोटो पत्रकार गिरफ्तार

काठमाडौँ : देश सञ्चार अनलाइनकी फोटो पत्रकार वर्षा शाहलाई राष्ट्रपति कार्यालय शितल निवास बाहिर फोटो खिच्ने क्रममा बिहीबार अपराह्न प्रहरीले गिरफ्तार गरेको भन्दै फोटो पत्रकारहरुको संगठन पिजे क्लबले आपत्ति जनाएको छ। 

'प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ हुन्', क्लबका प्रवक्ता दीपेश श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'फोटो पत्रकारलाई तस्बिर खिचेकै कारण गिरफ्तार गर्नु प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो। फोटो पत्रकार क्लब संविधानले प्रत्याभूत गरेको  प्रेस स्वतन्त्रताको सम्मान गर्दै नेपाल सरकार तथा नेपाल प्रहरीलाइ प्रेस स्वतन्त्रता विरोधी सबै किसिमका क्रियाकलाप बन्द गर्दै नेपाल प्रहरीलाइ यस घटना प्रति सार्वजनिक रुपमा स्वतन्त्र प्रेस प्रति प्रतिबद्ध रहदै क्षमा याचनाको लागि जोडदार माग गर्दछ।
 
क्लबका अनुसार सर्वसाधारणसँग एक–एक रुपैयाँ उठाएर राष्ट्रपतिलाई प्रतीकात्मक रुपमा गाडी पुर्‍याउन पुगेको समूहको फोटो खिच्दै गर्दा शाहलाई नियन्त्रणमा लिई महाराजगञ्ज प्रहरीको हिरासतमा राखिएको थियो। 

करिब तीन घण्टा नियन्त्रणमा राखेपछि उनलाई हिरासतबाट मुक्त गरिएको थियो। 

त्यसैगरी राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले पनि  यो घटनाले फोटो पत्रकारले स्वतन्त्रतापूर्वक फोटो खिच्न पाउने अधिकारको हनन गरेको भन्दै पत्रकारको संविधान प्रदत्त अधिकारमाथि प्रहरीले गरेको हस्तक्षेपको भत्सर्ना गरेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell