PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

दुर्घटनामा बेहुला-बेहुली घाइते



पहिलोपोस्ट

दुर्घटनामा बेहुला-बेहुली घाइते

बनेपाः रामेछापबाट जन्ती लिएर सिन्धुपाल्चोकतर्फ जाँदै गरेको बा १९ च ६९३४ नम्बरको बोलेरो जिप काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२, बेलामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन्।

प्रहरी नायब उपरीक्षक दिपक गिरीका अनुसार जिप अनियन्त्रित भई सडकमा पल्टिएको थियो। घाइतेको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

जिपमा सवार रामेछाप खाँडादेवी गाउँपालिका–१ की २१ वर्षीया बेहुली स्वीकृति तामाङको बाया हातमा तथा सिन्धुपाल्चोक बलेफी गाउँपालिका–३ का २२ वर्षीय बेहुला लक्ष्मण तामाङको ढाड र छातीमा चोट लागेको छ। बलेफी गाउँपालिका–६ का चालक प्रेम तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell