PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

हरिहर र कृष्टिनको 'शुभलभ' लुक



पहिलोपोस्ट

 हरिहर र कृष्टिनको 'शुभलभ' लुक

काठमाडौं : फिल्म 'शुभलभ'को फस्ट लुक पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा फिल्मका मुख्य कलाकार हरिहर अधिकारी र कृष्टिन पौडेल फिचर्ड छन्। युवा जोतिष हरिहर र कृष्टिनको यो डेब्यू फिल्म हो।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन्। फिल्म चैत्र १५ गतेदेखि प्रदर्शनमा आउनेछ। सन्तोष बाबु लोहनीले फिल्मलाई निर्देशन गरेका हुन्।

फिल्ममा हरिहर र कृष्टिनसँगै सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डेलगायतको अभिनय छ।  

फिल्ममा हरिहरको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्वन्द, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell