PahiloPost

Jun 24, 2026 | १० असार २०८३

साफ महिला च्याम्पियनसीपको खेल तालिका सार्वजनिक



पहिलोपोस्ट

साफ महिला च्याम्पियनसीपको खेल तालिका सार्वजनिक

काठमाडौँ : सन् २०१९ को मार्चमा नेपालमै आयोजना हुने साफ महिला च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको तालिका अनुसार नेपाल, बंगलादेश, पाकिस्तान र भुटान समूह ए मा रहेको छ। यस्तै चार पटकको विजेता भारतसहित माल्दिभ्स र श्रीलंका समूह बी मा छ।

साफ महिला च्याम्पियनसिपको पाँच संस्करण मार्च ११ देखि २१ सम्म विराटनगरको शहीद रंगशालामा हुनेछ।

नेपालमा पहिलो पटक च्याम्पियनसीप हुन लागको हो। नेपालले अहिलेसम्म यसको उपाधि जित्न सकेको छैन। घरेलु भूमिमै हुन लागेको च्याम्पियनसीप जित्ने लक्ष्यसहित नेपाली महिला टोलीले साफको लागि तयारी थालिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell