PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

ड्याफोडिल कप बास्केटबलको फाइनल समिकरण पुरा



पहिलोपोस्ट

ड्याफोडिल कप बास्केटबलको फाइनल समिकरण पुरा

काठमाडौँ : ड्योफोडिल कप बास्केटबलको फाइनल समिकरण पुरा भएको छ।

छात्रतर्फ पहिलो सेमिफाइनलमा आयोजक ड्याफोडिल पब्लिकले बौद्ध इन्टरनेशनल स्कूललाई हरायो। ड्याफोडिल पब्लिकका लागि आङफूर्वा शेर्पाले सर्वाधिक १२ प्वाइन्ट स्कोर गरे।

यस्तै दोस्रो सेमिफाइनलमा हिमालयन इन्टरनेशनल स्कूलले ड्याफोडिल बोर्डिङ स्कूललाई हराउँदै फाइनलमा स्थान बनायो।

छात्रातर्फ विल्सन एकेडेमी  र भ्याली पब्लिक फाइनलमा पुगेका छन्। पहिलो सेमिफाइनलमा विल्सनले ड्याफोलिड पब्लिकलाई पराजित गर्‍यो। दोस्रो सेमीफाइनलमा भ्याली पब्लिकले ड्याफोडिल बोर्डिङलाई हरायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell