PahiloPost

May 15, 2025 | २ जेठ २०८२

ने क पा स्थायी कमिटी बैठक सुरु, सरकारको कामको समीक्षा हुने, असन्तुष्ट शीर्ष नेतासँग प्रचण्डको छलफल



विधुर ढकाल

ने क पा स्थायी कमिटी बैठक सुरु, सरकारको कामको समीक्षा हुने, असन्तुष्ट शीर्ष नेतासँग प्रचण्डको छलफल

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (ने क पा) स्थायी कमिटीको बैठक निर्धारित समयमा नै सुरु भएको छ। एकतापछि पहिलो पटक बालुवाटार बाहिर बैठक बसेको हो। 

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्दैछन्। बैठकमा पार्टी सञ्चालन तथा सरकारको काम कारवाहीको समीक्षा हुने बताइएको छ।

त्यस्तै बैठकले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछिको संगठानिक एकतामाथि समीक्षा गर्नेछ। साथै, आगामी कार्यादिशाका विषयमा पनि छलफल हुने छ। 

स्थायी कमिटी बैठकपूर्व आजै बिहान ने क पा सचिवालय बैठक बसेको थियो। सचिवालय बैठकमा स्थायी कमिटी बैठकमा पेश गरिने प्रतिवेदन दुवै अध्यक्षले प्रस्तुत गरेका थिए। 

त्यस्तै पार्टी अध्यक्ष प्रचण्डले यसअघिको बैठक बहिस्कार गरेका शीर्ष ४ नेताहरुसँग छलफल गरेका छन्। बामदेव गौतमको निवास भैसेपाटीमा प्रचण्डले असन्तुष्ट नेताहरुसँग छलफल गरेका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell