PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

सलमानको बिग बोसमा साहरुखको इन्ट्री



पहिलोपोस्ट

सलमानको बिग बोसमा साहरुखको इन्ट्री

बलिउडमा सलमान खान र साहरुख खानको चर्चा सधैं हुने गर्छ – झगडाका कारण या मित्रताका कारण। कहिले अंकमालको विषयलाई चर्चामा ल्याइन्छ त कहिले घोचेपेचलाई। 

तर, बलिउडका यी दुई स्टारबीचको सम्बन्ध भने अझ बलियो बन्दै गएको अभाष जो सुकैले पनि गर्न सक्छ। हालै साहरुख खानले अर्का खान सलमानको चर्चित रियालिटी सो बिग बोसको स्टुडियो भ्रमण गरे। साहरुखको फिल्म जेरो रिलिजको मुखैमा छ। र, उनी यसको प्रचारका लागि कुनै कसर छाड्न चाहन्नन्। बिग बोस १२ मा उनको इन्ट्रीको पछाडि यसबाहेक अर्को कुनै कारण छैन।

बिग बोसको विकेन्डा वार एपिसोडमा यी दुवैले दर्शकलाई भरपुर मनोरञ्जन दिनेमा कुनै शंका छैन। तर, साहरुखको जिरोले कस्तो प्रभाव पार्छ त्यसका लागि भने रिलिजसम्मको डेट कुर्नैपर्छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell