PahiloPost

Jun 24, 2026 | १० असार २०८३

शक्ति गौचनको अन्तिम खेल : नटआउट एक रन, नो विकेट, बिदाइमा आँशु थाम्न सकेनन्



पहिलोपोस्ट

शक्ति गौचनको अन्तिम खेल : नटआउट एक रन, नो विकेट, बिदाइमा आँशु थाम्न सकेनन्
photo : wicketnepal.com

काठमाडौँ : भेट्रान क्रिकेटर शक्ति गौचनले आफ्नो खेल जीवनको अन्तिम खेलमा नटआउट १ रन बनाए।  देब्रे हाते यी स्पीनरले अन्तिम खेलमा विकेट भने लिन सकेनन्।

एभरेष्ट प्रिमियर लिग अन्तर्गत शनिवार टीयू मैदानमा चितवन विरुद्ध पोखराका लागि खेलेको खेल नै शक्तिको अन्तिम खेल बन्यो। यसअघि नै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका शक्तिले यसै खेलमार्फत घरेलु क्रिकेटबाट पनि टुङ्याउने निर्णय गरे।


खेलाडीको लागि खेल जीवनको टाढिनु जस्तो पिढा अरु के होला? शक्तिको हकमा पनि त्यस्तै भयो। सँधै हँसिलो देखिने हाँसेर बोल्ने शक्तिले  आफ्नो जीवनको अन्तिम खेल खेलेपछि भने आँशु थाम्न सकेनन्।

उनी अन्तिम खेलपछि टीयू मैदानमा उपस्थित हजारौँ दर्शकसामु रुँदै खेलाडी जीवनबाट बिदा भए। उनलाई पोखराका खेलाडीहरुले उचालेर मैदान घुमाएका थिए भने दर्शकहरु शक्ति, शक्ति.... भनेर उनको बिदाइ गरिरहेका थिए।

 

भिडियो सौजन्य : विकेटनेपाल



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell