PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

चिर्पटले हानेर नातिद्वारा ८४ वर्षीय बाजे र ७६ वर्षीया बज्यैको हत्या



रासस

चिर्पटले हानेर नातिद्वारा ८४ वर्षीय बाजे र ७६ वर्षीया बज्यैको हत्या

बैतडी :  बैतडीमा आफ्नै बाजे र बज्यैको हत्या गरेको अभियोगमा प्रहरीले नातिलाई पक्राउ गरेको छ।  

सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे गगन कुँवर र ७६ वर्षकी बज्यै नारु कुँवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए। 

लोकेन्द्रले आज बिहान ११ बजेर २० मिनेटको समयमा घरमै दाउराको चिर्पटले हानेको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell