PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

जर्मन बुण्डेसलिगा : शीर्ष स्थानको डर्टमण्डको अपराजित यात्रा कायमै, ह्यानओभरको पोष्टमा वायर्नको चार गोल



पहिलोपोस्ट

जर्मन बुण्डेसलिगा : शीर्ष स्थानको डर्टमण्डको अपराजित यात्रा कायमै, ह्यानओभरको पोष्टमा वायर्नको चार गोल

बोरुसिया डर्टमण्डले जर्मन बुण्डेसलिगामा अपराजित यात्रालाई कायम राख्दै वेडर ब्रेमेनलाई २-१ ले पराजित गरेको छ। पाको अल्कासेर र मार्को रिउसले पहिलो हाफमा गरेको गोल नै ३ अंक दिलाउन पर्याप्त बन्यो।

घरेलु मैदानमा १९औँ मिनेटमा अल्कासेरको गोलबाट अग्रता लिएको डर्टमण्डले २७औँ मिनेटमा रिउसको गोलपछि अग्रता दोब्बर बनाएको थियो।

३५औँ मिनेटमा ब्रेमेनका म्याक्स क्रुजले गोल गर्दै गोल अन्तर कम पारेका थिए। तर दोस्रो हाफमा कुनै गोल नभएपछि डर्टमण्डले यस सिजनको १२औँ जित हात पारेको हो।

जितपछि १५ खेलबाट ३९ अंक जोडेको शीर्ष स्थानको डर्टमण्डले बोरुसिया मोन्चेनग्लाडबाच र वायर्नमाथि ९ अंक अग्रता कायमै राखेको छ।

मोन्चेनग्लाडबाच र वायर्नको समान ३० अंक छ। मोन्चेनग्लाडबाच होफेनहेइमसँग गोलरहित बराबरीमा रोकिँदा वायर्नले ह्यानओभरलाई ४-० ले पराजित गर्दै अंक बराबरी गरेको हो। गोलअन्तरमा भने मोनेच्नग्लाडबाच अगाडि छ।

वायर्नुको जितमा जोसुअ किमिच र डेविड अलावाले पहिलो हाफमा गोल गरे भने सर्जी नब्री र रोवर्ट लेवान्सडास्कीले दोस्रो हाफमा गोल गरे।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell