PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

शशी घिमिरे र लक्ष्मी अर्यालको 'शुभारम्भ' 



पहिलोपोस्ट

शशी घिमिरे र लक्ष्मी अर्यालको 'शुभारम्भ' 

काठमाडौं : संगीतकार शशी घिमिरे र गीतकार लक्ष्मी अर्यालको एल्बम 'शुभारम्भ' विमोचन भयो। लोक गायक कुमार बस्नेत, सूर्य थुलुङ, गीतकार डाक्टर कृष्णहरि बराललगायतले एल्बम लोकार्पण गरेका हुन्।

लक्ष्मीले लेखेको गीतहरु एल्बमका रुपमा पहिलोपटक सार्वजनिक भएको हो। उनी सानैदेखि गीत लेख्थिन्। शुभारम्भका सबै गीतको समीक्षा गीतकार डा. बरालले गरे। उनले लक्ष्मीको रचना र शशीको गायनमा तालमेल मिलेकोले गीतहरु मिठा बनेको बताए। ‍

कार्यक्रममा एल्बममा समावेश 'सपनीमा डुल्छ्यौ तिमी'बोलको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो। भिडियोमा महाविर विश्वकर्मा, आश्मा घिमिरे र कृष्णराज तिमल्सिना फिचर्ड छन्। भोलादीप तिमिल्सिनाले निर्देशन गरेको भिडियोमा रोहितबिक्रम कार्कीको छायाँकन छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell