PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

संसदमा रिपोर्टिङ गर्नेहरुको संगठनको अध्यक्षमा नारायण काफ्ले निर्वाचित



पहिलोपोस्ट

संसदमा रिपोर्टिङ गर्नेहरुको संगठनको अध्यक्षमा नारायण काफ्ले निर्वाचित

काठमाडौँ : विभिन्न मिडियामा आवद्ध रही संसदीय रिपोर्टिङ गर्नेहरुको साझा संगठन संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा नारायण काफ्ले निर्वाचित भएका छन्। 

काफ्ले गोरखापत्र दैनिकसित आवद्ध छन्।

आइतबार भएको संगठनको महाधिवेशनले काफ्लेलाई ५३ मतसहित अध्यक्षमा निर्वाचित गरेको हो। उनले महाधिवेशन आयोजक समितिका संयोजक तथा अन्नपूर्ण पोस्ट दैनिकसित आवद्ध नरेन्द्र साउदलाई पराजित गरेका हुन्। साउदले ३८ भोट पाए। 

उपाध्यक्षमा सञ्जीव बगाले, महासचिवमा अशोक दाहाल र कोषाध्यक्षमा डिपी उपाध्याय सर्वसम्मत भए भने बाँकी पदमा निर्वाचन भएको थियो। 

महिला उपाध्याक्षमा कृष्णा पौडेल, सचिवमा विष्णु खड्का निर्वाचित भए भने सदस्यहरुमा पहिलोपोस्टसित आवद्ध वीपी साह, सृजना घिमिरे, शोभिता रिसाल, अक्कल कुँवर, खगेन्द्र भण्डारी, जयसिंह महरा र बासु खड्का निर्वाचित भए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell