PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

‘मिस युनिभर्स २०१८’ फिनाले : नेपाल शीर्ष १० मा, जित्यो ‘नेसनल गिफ्ट अक्सन’



पहिलोपोस्ट

‘मिस युनिभर्स २०१८’ फिनाले : नेपाल शीर्ष १० मा, जित्यो ‘नेसनल गिफ्ट अक्सन’

काठमाडौं : थाइल्यान्डको बैंककमा भएको मिस युनिभर्समा फिलिपिन्सकी क्याट्रियोना ग्रेले ताज पहिरिँदा नेपाललाई प्रतिनिधित्व गरिरहेकी मनिता देवकोटाले भने शीर्ष १० मा चित्त बुझाउनु पर्‍यो।

विजेता ग्रेलाई पूर्व मिस युनिभर्स डेमिलेग नेलपेटर्सले ताज पहिराएसँगै प्रतियोगिताको ६७ ‍औं संस्करण सकियो।

साउथ अफ्रिकाकी सुन्दरी टमारिन ग्रीन फस्ट रनर्सअप र भेनेजुएलाकी सुन्दरी सेफानी गुटिरेज सेकेण्ड रनर्सअप घोषित भए।

त्यस्तै  ‘मिस नेपाल युनिभर्स १०१८’ मनिता देवकोटा ‘मिस युनिभर्स’को शीर्ष १० मा पुग्न सफल भइन्। उनले प्रतियोगिता अन्तर्गतको ‘नेसनल गिफ्ट अक्सन’ सेसन पनि जितेकी थिइन्। उनले नेपालबाट लगेको ‘बुद्धिष्ट स्याडो बक्स’ तीस हजार भाटमा लिलाम भएको थियो। 

९४ देशका सहभागीमध्ये भियतनाम, कोस्टारिका, कुराकाओ, क्यानडा, थाइल्याण्ड र पुयोर्टो रिकोका प्रतियोगीहरु शीर्ष १० मा पुगेका थिए।

मिस युनिभर्सको उत्कृष्ट २० का लागि अमेरिका, युरोप र एसिया तथा अफ्रिका गरी तीन समूहका उत्कृष्ट ५- ५ जना र वाइल्ड कार्डमार्फत् ५ जना छानिएका थिए। यसरी छानिएका सबैले परिचयात्मक मन्तव्य दिए। मन्तव्यको आधारमा निर्णायकले शीर्ष १० चुनेका थिए।

नेपालको यो प्रतिर्पर्धामा दोस्रो सहभागिता हो। गत वर्षमात्र 'मिस अर्थ २०१२' नग्मा श्रेष्ठले यो सौन्दर्य प्रतियोगिताको फ्रेन्चाइज नेपाल भित्र्याएकी हुन्। सन् २०१७ का लागि नग्माले नेपाल प्रतिनिधित्व गरेकी थिइन्। तर, उनी पारम्भिक चरणमै बाहिरिइन्। 'बेस्ट इन इभिनिङ गाउन' सेसनमा भने उत्कृष्ट ९ मा पर्न सफल भएकी थिइन् उनी।

नग्माले मनिता देवकोटाको मिस युनिभर्समा सुरुवाती दिनदेखिको जानकारी प्रवाह गरिरहेकी छिन्। देवकोटा उत्कृष्ट १० मा पर्नुलाई ‘इतिहास रच्नु’ भन्दै सामाजिक सञ्जालमार्फत खुशी समेत साटिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell