PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

अमृत र जेबिकाको स्क्रिन जोडी



पहिलोपोस्ट

अमृत र जेबिकाको स्क्रिन जोडी

काठमाडौं : फिल्म 'जय श्री दाम' प्रदर्शनको तयारीमा छ। फिल्म पुस २० देखि प्रदर्शमा आउने छ। निर्माण टिम यतिखेर फिल्म प्रचार थालेको छ। टिमले पछिल्लो समय फिल्मको ट्रेलर पनि सार्वजनिक गरेको थियो।

फिल्ममा अमृत ढुङ्गाना, विनोद न्यौपाने, राजन खवितडा र जेबिका कार्कीको मुख्य अभिनय छ। कमेडी जनारामा बनेको फिल्मलाई विप्लप उप्रेतीले निर्देशन गरेका हुन्। मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्याण्डस् प्रोडक्सन र नेशनल मिडिया प्रोडक्सनको ब्यानरमा बनेको फिल्ममा अमरदीप सापकोटाको पटकथा, मित्र डि गुरुङको सम्पादन, छ भने रविन सुशांत गौतमको संगीत रहेको छ।

फिल्ममा अमृत, राजन, जेबिका, विनोदसँगै प्रमोद अग्रहरि र विष्णु सापकोटालगायतको अभिनय छ। अहिले अमृत र जेबिकाको स्क्रिन जोडीलाई दर्शकले रुचाएका छन्। उनीहरु पहिलोपटक यसै फिल्म मार्फत स्क्रिन जोडीको रुपमा देखिँदैछन्। 


 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell