काठमाडौं : फिल्मसँगै म्यूजिक भिडियोमा व्यस्त छिन् अभिनेत्री शिल्पा पोख्रेल। दर्शकले रुचाएको उनको पछिल्लो फिल्म 'मंगलम' हो। फिल्मबाट उनले दर्शकको सकरात्मक प्रतिक्रिया बटुलेकी थिइन्। अब उनी निखिल उप्रेतीको 'भिलेन'मा देखिँदैछिन्।
दर्शकले उनलाई म्यूजिक भिडियोमा पनि रुचाएका छन्। उनी अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ। १३ वर्षिया गायिका बिष्णा विश्वकर्माको स्वर रहेको 'सरर माया सरर' गीतमा शिल्पासँगै कलाकार रोहित रुम्बा फिचर्ड छन्।
गीतको भिडियोमा दिब्य सुवेदीको छायाँकन र गौतम राज खड्काको सम्पादन छ। भिडियोलाई गायक तथा संगीतकार ओम सुनारले निर्देशन गरेका हुन्।