PahiloPost

Jun 24, 2026 | १० असार २०८३

ए डिभिजन लिग : विश्वास श्रेष्ठको गोलमा हिमालयन शेर्पा विजयी, एनआरटीको लगातार आठौँ हार



पहिलोपोस्ट

ए डिभिजन लिग : विश्वास श्रेष्ठको गोलमा हिमालयन शेर्पा विजयी, एनआरटीको लगातार आठौँ हार
शेर्पाका लागि निर्णायक गोल गरेका विश्वास श्रेष्ठ (अरेन्ज जर्सीमा), PHOTO : ANFA

काठमाडौँ : हिमालयन शेर्पाले ए डिभिजन लिगमा यस सिजन चौथो जित हात पार्दा एनआरटीको खराब प्रदर्शन जारी छ। लिग अन्तर्गत सोमवार भएको खेलमा शेर्पाले एनआरटीलाई १-० ले पराजित गर्‍यो।

यस सिजन जितविहिन रहेको एनआरटीको यो लगातार आठौँ हार हो। उद्घाटन खेलमा आर्मीसँग बराबरी खेलेपनि एनआरटीले त्यसयता खेलेका सबै खेल हारेको हो।

एन्फा कम्प्लेक्समा आज भएको खेलमा शेर्पालाई जित दिलाउन विश्वास श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गरेका थिए।

जितपछि ९ खेलबाट १४ अंक जोडेको शेर्पा अंकतालिकामा छैटौँ स्थानमा यथावत छ। समान अंक रहेको पुलिस गोलअन्तरमा अगाडि छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell