
काठमाडौं : केहि समयअघि अभिनेता अनमोल केसी र अभिनेत्री सारा शिर्पालीको प्रेम सम्बन्धबारे फिल्म क्षेत्रमा चर्चा चलेको थियो। तर दुवैजनाले त्यसलाई हल्ला मात्र रहेको बताए।
फिल्म 'पिँजडा ब्याक अगेन'मा अभिनय गर्दा अनमोलकी आमा सुस्मिता बोम्जनमार्फत अनमोलसँग मित्रता बढेको सारा बताउँछिन्। अनमोल र साराले आफूहरु 'राम्रो साथी' मात्रै भएको बताइरहेका छन्।
मिडियामा दुवैबीच प्रेमसम्बन्ध रहेको हल्लाका बारे साराले हालै भनिन् 'अनमोल र मैले एकसाथ फिल्म नगरे पनि साथी हुन त सक्छौं नि। एउटै क्षेत्रका हौं। किन अचम्मित हुनु?'
अनमोललाई पनि एक कार्यक्रममा सारासँगको प्रेम सम्बन्धबारे प्रश्न सोधियो। 'म प्रेममा ? मलाई नै थाहा छैन, म कतिजनासँग प्रेम सम्बन्धमा छु,' उनले ठट्यौली शैलीमा उत्तर दिए।
यद्यपी, सारासँग प्रेम समबन्ध नरहेको बताउँछन् अनमोल। भन्छन् 'यो हल्ला मात्र हो। हामी साथी मात्र हौं। इन्डस्ट्री सानो छ, हल्ला फैलिहाल्दो रहेछ।'