PahiloPost

Dec 19, 2025 | ४ पुष २०८२

कोदालोले हानेर आमाको हत्या, अरु तीन जना घाइते



पी बी खड्का

कोदालोले हानेर आमाको हत्या, अरु तीन जना घाइते

सुर्खेत : दैलेखको नारायण नगरपालिका–३ भुर्तीमा छोराले कोदालोले हानेर आमाको हत्या गरेका छन्। घटनामा अन्य तीन जना घाइते भएका छन्।

सोमबार दिउँसो करिब साढे एक बजेको समयमा मानसिक सन्तुलन ठीक नभएका २६ वर्षीय छोरा बालाराम नेपालीले कोदालोले हानेका थिए। छोराको प्रहारबाट ४७ वर्षीया पार्वतीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।

 
नातिले हानेको कोदालोले ७० वर्षीया हजुरआमा पनि गम्भीर घाइते भएकी छिन्। बुहारी मनदरा नेपाली र छिमेकी कौशिला नेपाली सामान्य घाइते भएको  प्रहरीले जनाएको छ।
 
‘मानसिक सन्तुलन ठीक नभएका २६ वर्षीय छोरा बलराम नेपालीले हानेको कोदालेले आमाको घटनास्थलमै मृत्यु भएको छ। उनैले अन्य तीन जनाललाई घाइते बनाएका छन्,’ पोखरेलले भने,‘घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल दैलेख लगिएको छ। दोषीलाई हामीले नियन्त्रणमा लिएका छौँ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell