PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

मनीषा कोइरालाको ‘हिल्ड’ विमोचन नेपालमा, नेपाली संस्करण राइट्स फाइन प्रिन्टलाई



पहिलोपोस्ट

मनीषा कोइरालाको ‘हिल्ड’ विमोचन नेपालमा, नेपाली संस्करण राइट्स फाइन प्रिन्टलाई

काठमाडौं : बलिउड अभिनेत्री मनीषा कोइराला लिखित संस्करात्मक पुस्तक ‘हिल्ड’को विमोचन नेपाल लिटरेचर फेस्टिभलमा हुने भएको छ। पुस ७ गते महोत्सवको पहिलो दिन पुस्तक ग्लोबल रिलिज हुने भएको हो।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी मनीषा कोइरालाले बुक रिलिज र नेपाली अनुवाद हुने बारे जानकारी दिएकी हुन्। उनले पुस्तकमा पाठेघरको क्यान्सरपछि जीवनमा आएका उताव चढावको कुरा समानेश बताइन्। भनिन्,’जीवन अमुल्य छ। अति पीडापछि मैले यति बुझें र  जीवनलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आयो। यस्तै विषय र अनुभवमाथि लेखेकी छु।’

उनले आफ्नो उदेश्य ज्ञान दिनु नभएको पनि प्रष्ट पारिन्। ‘तर पढेर कसैको जीवन परिवर्तन हुन्छ भने मैले लेख्नु पर्छ भन्ने भएको हो’, मनिसाले बताइन्।

भारतको पेनगुइनले प्रकाशन गरेको ‘हिल्ड’को नेपाली अनुवाद फाइनप्रिन्टबाट आउने भएको हो।

कार्यक्रममा फेस्टिभलका कार्यकारी निर्देशक नीरज भारीले मनिषा कोइरालाको पुस्तक फेस्टिभलमा विमोचन गर्न पाउँदा अति खुशी रहेको बताए।

अभिनेत्री कोइरालाले नेपाली संस्करणमा प्रकाशन हुने पुस्तकको एड्भान्स रकम क्यान्सर केयर नेपाललाई हस्तान्तरण गरिन्। उक्त संस्थाले ८ वर्ष यता क्यान्सर पीडितहरुका लागि काम गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell