PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

इपीएल : लिगको चरणबाटै बाहिरिएपछि साविक विजेता विराटनगरका कप्तान पारस खड्का के भन्छन्?



पहिलोपोस्ट

इपीएल : लिगको चरणबाटै बाहिरिएपछि साविक विजेता विराटनगरका कप्तान पारस खड्का के भन्छन्?

काठमाडौँ : साविक विजेता विराटनगर किंग्स एभरेष्ट प्रिमियर लिग २०१८ को लिग चरणबाटै बाहिरिएको छ। अन्तिम लिग खेलमा सोमवार काठमाडौँ किंग्स ११ सँग ५ विकेटले पराजित भएपछि चितवनसँग रनरेटमा पछि पर्दै विराटनगर बाहिरिएको हो।

लिग चरणमा सुरुवाती दुई खेल जितेको विराटनगर त्यसपछि लगातार तीन खेलमा भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र काठमाडौँसँग पराजित भयो। लिगमा चितवन समान ४ अंक जोडेपनि रनरेटमा थोरै अन्तरले पछि पर्दै विराटनगर प्लेअफ पुग्न सकेन। उता चितवनले भने सुरुको लगातार तीन खेल हारेर पनि कमब्याक गर्दै अन्तिम दुई लिग खेल जित्यो।

अन्तिम खेलमा काठमाडौँसँग हारेपछि नेपालका राष्ट्रिय टिमका कप्तान समेत रहेका विराटनगरका कप्तान पारस खड्काले खेललाई २० ओभरसम्म पुर्‍याउने प्रयास गरेपनि त्यसमा सफल हुन नसकेको बताए।

यदी काठमाडौँले विराटनगरलाई १८ ओभर भन्दा पछि हारएको भए विराटनगर रनरेटमा चितवनलाई पछि पारदै प्लेअफ पुग्ने थियो। तर १८औँ ओभर बलिङ गरेका पारसलाई काठमाडौँका आइरिस खेलाडी केभिन ओ'ब्रयानले ३ छक्का प्रहार गरेपछि काठमाडौँले १७.५ ओभरमै खेल जित्यो। यस मानेमा चितवन टाइगर्स भाग्यमानी बन्दै प्लेअफ पुग्यो। गत सिजन एक खेल मात्र जितेको चितवनले यस सिजन भनेविारटनगर र पोखरालाई पराजित गर्दै प्लेअफ यात्रा तय गर्‍यो।

 

नियमित कप्तान सोमपाल कामी चोटका कारण दोस्रो खेलाबाट खेल्न नसकेपछि काठमाडौँको कप्तानी सम्हाल्दै लगातार तीन खेल जिताएका युएईका रोहन मुस्ताफा सबै खेलाडीले राम्रो खेलेकाले विराटनगरलाई पराजित गर्न सफल भएको बताए।

उनले पहिलो इनिङ्समा उत्कृष्ट क्याचहरु लिन सफल भएकोले विपक्षीलाई कम स्कवर रोक्न सकेको र ब्याटिङमा केभिन ओ'ब्रयानले उत्कृष्ट प्रदर्शन गरेको भन्दै केभिनबाट कसरी खेल्ने सिक्नुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell