PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

दोस्रो टेष्टमा अष्ट्रेलिया १४६ रनले विजयी, सिरिजमा १-१ को बराबरी



पहिलोपोस्ट

दोस्रो टेष्टमा अष्ट्रेलिया १४६ रनले विजयी, सिरिजमा १-१ को बराबरी

पाँचौ तथा अन्तिम दिन ५ विकेट लिएपछि भारत विरुद्ध दोस्रो टेष्ट अष्ट्रेलियाले १४६ रनले जितेको छ। जितपछि अष्ट्रेलियाले ४ खेलको सिरिजमा १-१ को बराबरी गरेको छ। पहिलो टेष्ट भारतले ३१ रनले जितेको थियो।

घरेलु टोली अष्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य पछ्याएको भारत दोस्रो इनिङ्समा ५६ ओभर खेल्दै १४० रनमै अलआउट भयो।

११२-५ बाट अन्तिम दिनको खेल सुरु गरेको भारतले थप २८ रन जोड्दा बाँकी ५ विकेट गुमाएपछि अष्ट्रेलियाले फराकिलो जित हात पार्‍यो।

भारतका हनुमान विहारी २४ र रिसव पन्त ९ ले अन्तिम दिन भारतको खेल अगाडी बढाएका थिए। तर विहारी २८ र पन्त ३० रन बनाएर आउट भएपछि भारतको इनिङ्स धर्मारायो।

त्यसपछि उमेश यादव २ तथा इशान्त शर्मा र जसप्रित बुमराह शुन्यमा आउट भए। अन्तिम दिन अष्ट्रेलियाका मिचेल स्टार्क र प्याट कमिङ्सले २-२ तथा नाथन लियोनले १ विकेट लिए।

त्यसअघि पर्थमा टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पहिलो इनिङ्समा ३२६ रन बनाएको थियो भने भारतले कप्तान विराट कोहलीको १२३ रन मद्दतमा २८३ रन बनाएको थियो। पहिलो इनिङ्समा ४३ रनको अग्रता बनाएको अष्ट्रेलियाले दोस्रो इनिङ्समा २४३ रन बनाएको थियो।

पहिलो इनिङ्समा ५  र दोस्रो इनिङ्समा ३ विकेट लिएङ्का अष्ट्रेलियाका नाथन लियोन प्लेअर अफ दि म्याच घोषित भए। भारतबाट पहिलो इनिङ्समा इशान्त शर्माले ४ तथा दोस्रो इनिङ्समा मोहम्मद शामीले ६ विकेट लिएका थिए।

वर्ष २०१८ मा भारतले घर बाहिर लक्ष्य पछ्याउँदा हार बेहोरेको यो छैटौँ पटक हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell