PahiloPost

Jun 24, 2026 | १० असार २०८३

पूर्व प्रधानमन्त्री गिरीको निधन, प्रधानमन्त्री ओली द्वारा शोक व्यक्त



पहिलोपोस्ट

पूर्व प्रधानमन्त्री गिरीको निधन, प्रधानमन्त्री ओली द्वारा शोक व्यक्त

काठमाडौं : पूर्वप्रधानमन्त्री डाक्टर तुलसी गिरीको आज बिहान निधन भएको छ। बूढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको हो।

कलेजोको क्यान्सरबाट पीडित ९३ वर्षीय गिरीको आज बिहान ६ बजे  निधन भएको श्रीमती सराह गिरीले जानकारी दिएकी छिन्। सन् १९६० देखि सन् २००५ सम्म सक्रिय राजनीति गरेका  गिरी पछिल्लो समय मुटु रोगबाटसमेत पीडित थिए। 

विश्वेश्वरप्रसाद कोइरालाको मन्त्रिमण्डलमा सदस्य रहेका गिरी पटक पटक नेपालको सत्ता वरिपरि रहेका नेता हुन्। गिरी पञ्चायत कालमा प्रधानमन्त्री  तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा मन्त्रिपरिषद्को उपाध्यक्षसमेत भएका थिए। 

उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज निवासमै राखिने र बुधबार पशुपतिमा अन्त्येष्टि गरिने श्रीमती गिरीले जानकारी दिइन्। 
यसैबीच गिरीको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले शोक व्यक्त गरेका छन्। प्रधानमन्त्री ओलीले विहान ट्वीट गर्दै पूर्वप्रधानमन्त्री गिरीको निधनमा शोक व्यक्त गरेका हुन्। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell