PahiloPost

Aug 18, 2026 | २ भदौ २०८३

नेपाली यू-१९ टिमका दुई खेलाडीले भारतमा सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने



पहिलोपोस्ट

नेपाली यू-१९ टिमका दुई खेलाडीले भारतमा सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने

काठमाडौँ : नेपाली यू-१९ राष्ट्रिय टिमका दुईसहित तीन जना खेलाडीले भारतको विरेन्द्र सेहवागद्वारा स्थापना गरिएको सेहवाग क्रिकेट एकेडेमीमा प्रशिक्षण गर्ने भएका छन्।

सुशील कोइराला मेमोरिअल फाउन्डेसनको छात्रवृतिमा यी तीन खेलाडीले भारतको दिल्लीस्थित सेहवाग एकेडेमीमा प्रशिक्षणको अवसर पाएका हुन्।

फाउण्डेसनले मंगलवार पत्रकार सम्मेलन गर्दै उमेर समूहमा नेपालबाट खेलिसकका दुई खेलाडी रित गौतम र तृत राज दास सहित अर्का खेलाडी भुपेन्द्र कुमार उप्रेतीलाई प्रशिक्षणका लागि भारत पठाउन लागिएको जानकारी दिएको हो।

रित र तृत गत अक्टोवरमा बंगलादेशमा भएको यू-१९ एसिया कपको टिममा समेत थिए।

तीन खजना खेलाडीहरु पुष ५ गते दिल्ली प्रस्थान गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell