PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

पदाधिकारी संख्या बढाउने टुंगो लाग्यो : महासमिति बस्दै



पहिलोपोस्ट

पदाधिकारी संख्या बढाउने टुंगो लाग्यो : महासमिति बस्दै

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी संख्या बढाउने विषय टुंगो लागेको छ। हिजो साँझ र आज बिहान बसेको पदाधिकारी बैठकले संख्या बढाउने टुंगो लगाएको हो। 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पहिलोपोस्टलाई दिएको जानकारी अनुसार पदाधिकारीको संख्या बढाउनेबरे टुंगो लागे पनि ११ जना राख्ने वा १२ जना भन्ने विषय अझै टुंगिएको छैन। त्यसमाथि अहिले पनि छलफल जारी छ। 

उनका अनुसार अहिले २ बजेदेखि महासमिति बैठक पुनः सुरु हुनेछ।

स्रोतका अनुसार कांग्रेसको पदाधिकारी संख्या ११ जना पुर्‍याउने विषयमा हिजो राति नै सहमति भएको थियो। तर, चयन प्रक्रियाबारे सहमति जुट्न सकेको थिएन। आज बिहानबाट बसेको पदाधिकारी बैठकमा पनि प्रक्रियाको विषयमा छलफल भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell