PahiloPost

Jun 24, 2026 | १० असार २०८३

'हिरो र हिरोइनको बुवाको भुमिका गरेर थाकें': संजय मिश्रा



पहिलोपोस्ट

'हिरो र हिरोइनको बुवाको भुमिका गरेर थाकें':  संजय मिश्रा

संजय मिश्रा अब परिणिती चोपडाको नयाँ फिल्म 'जबरिया जोडी'मा देखिँदैछन्। उनी फिल्ममा परिणितीको बुवाको भुमिकामा छन्।

अभिनयका लागि चिनिने कलाकार हुन् संजय। उनी अधिकांश फिल्ममा बाबुको भुमिकामा देखिएका छन्। तर, अहिले उनी फिल्ममा बुवाको भुमिका गरेर थाकेको बताउँछन्।

उनले हालै कोइमोइलाई भनेका छन् 'बुवाको भूमिका गर्दा गर्दै म थाकिसकें। मलाई हिरो/हिरोइनको बुवाको भूमिका गर्न मन छैन।'

'गोलमाल अगेन', 'न्यूटन', 'आँखो देखि','गेस्ट इन लण्डन' र 'भैयाजी सुपरहिट' उनले गरेका फिल्महरु हुन्।  यसअघि उनले अजय देभगन, गविन्दा र सन्नी देवलसँग काम गरिसकेका छन्। उनी  अभिनिति 'कामीयाब' प्रदर्शनको तयारीमा छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell