PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

भुवनको बिर्सने बानी



पहिलोपोस्ट

भुवनको बिर्सने बानी

काठमाडौं : भुवन केसी पछिल्लो समय छोरा अनमोल केसीको पथप्रदर्शक बनेका छन्। उनी अहिले छोरा अनमोलकै लागि खट्छन्। अनमोललाई लिएर कहिले फिल्म निर्माण समेत गर्दै आएका छन्। 

'ड्रिम्स'बाट अनमोललाई नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यू गराएका उनले अनमोल अभिनित पछिल्लो समय 'कृ'मा पनि लगानी गरेका थिए। अहिले अनमोलको 'क्याप्टेन' प्रदर्शनको तयारीमा छ।

हालै 'क्याप्टेन'को गीत सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा भुवनले फिल्मको प्रदर्शन मिति नै बिर्से। उनी एकछिन हाँसोको पात्र बने। 'क्याप्टेन फिल्म हामी फागुन २७ गते ल्याउँदैछौं' रिलिज डेट नै गलत भनेपछि उनले सुधार्दै भने 'फागुन १७ गते रिलिज हुन्छ फिल्म।'

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell