PahiloPost

Aug 5, 2025 | २१ साउन २०८२

एउटै नम्बरको जर्सी लगाएर दुई खेलाडी मैदानमा



पहिलोपोस्ट

एउटै नम्बरको जर्सी लगाएर दुई खेलाडी मैदानमा

काठमाडौँ : कुनै पनि खेल खेल्दा एउटा टिममा रहेका प्रत्येक खेलाडीले छुट्टा छुट्टै नम्बरको जर्सी लगाएर खेलेका हुन्छन्। सबै खेलाडीको जर्सीको पछाडि नाम र जर्सी नम्बर लेखिएको हुन्छ।

तर कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको एभरेष्ट प्रिमियर लिगमा भने एउटै टिमका दुई खेलाडीले एउटै नाम र नम्बर भएको जर्सी लगाएर खेलिरहेका छन्।

इपीएलको पहिलो क्वालिफायरमा काठमाडौँ किंग्स ११ विरुद्ध फिल्डिङ गर्दा ललितपुरका सन्दिप जोरा र कुशल भुर्तेलले एउटै जर्सी लगाएर खेलिरहेका छन्।



आयोजकले उपलब्ध गराएको प्लेइङ लिस्टमा सन्दिप जोराको १० नम्बर जर्सी र कुशल भुर्तेलको ९ नम्बर जर्सी छ। तर मैदानमा भने दुवै खेलाडीले एउटै जर्सी लगाएका छन्। यसैगरी इपीएलमा डेब्यु गरिरहेका ललितपुरका सूर्य तामाङले भने नम्बर नभएको जर्सी लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell