PahiloPost

Jun 24, 2026 | १० असार २०८३

‘माओवादी जनयुद्ध’ शब्द उच्चारण हुँदा कांग्रेस महासमितिमा होहल्ला



पहिलोपोस्ट

‘माओवादी जनयुद्ध’ शब्द उच्चारण हुँदा कांग्रेस महासमितिमा होहल्ला

काठमाडौं : नेपाली कांग्रेसको महासमिति बैठकमा ‘माओवादी जनयुद्ध’ शब्द उच्चारण हुँदा होहल्ला भएको छ।

नेपाली कांग्रेस रोल्पाका सभापति अमर सिंह पुनले बोल्ने क्रममा ‘माओवादी जनयुद्ध’को चर्चा गर्दा महासमिति सदस्यहरुले होहल्ला गरेका हुन्। उनीहरुले माओवादी जनयुद्ध नभइ राजनीतिक हिंसा भनी उच्चारण गर्न माग गरे।

त्यसपछि सभापति पुनले शब्द सच्याएका थिए।

अहिले महासमिति बैठकमा प्रतिनिधिहरुले धारणा राख्ने क्रम जारी छ। पदाधिकारीको विषयमा विवाद नटुंगिदा विधानको अन्तिम मस्यौदा पेस हुन सकेको छैन। महासमिति बैठक लम्बिने सम्भावना बढ्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell